सूर्या लाइफले २ अर्ब रुपैयाँको चुक्तापूँजी पुर्‍याउदै

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले असार मसान्तसम्म २ अर्ब चुक्तापूँजी पुर्‍याउने भएको छ ।
सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा मङ्गलवार विज्ञप्तिमार्फत कम्पनीले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
यस अघि नै बीमा समितिले असार मसान्तसम्म २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएकाले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
सूर्या लाइफले देशभरका ७२ शाखाबाट १० प्रकारका जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा चेतनामूलक एवम् सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम पनि गरेको छ ।
नयाँ बानेश्वर स्थित निःसहाय सेवा सदनमा रहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ भने जोरपाटीमा रहेको अपाङ्ग पुनःस्थापना केन्द्रमा अध्ययनरत ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्