सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं,३ फागुन । हप्ताको चौंथो दिन बुधबार सुनको  मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

मंगलबार छापावाला सुन एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रति तोला मूल्य एक हजार ३६५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्