विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी मनाइदै

काठमाडौं,२ फागुन । माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी  विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइदै छ ।

सरस्वतीको मन्दिरहरुमा श्रीपञ्चमीको अवसरमा विधार्थी र भक्तजनहरुको बाक्लो उपस्थिति छ । आज बिहानैदेखि स्नान गरी मन्दिरमा गइ पूजा आराधना गर्नेहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको छ ।

वैदिक सनातन धर्मावलम्वीहरुले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँने गर्दछन् ।

वसन्त ऋतुको सुरुआत हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ ।

विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्