सुनको भाउ सस्तियो, चाँदीको भने आज स्थिर

काठमाडौं,१ फागुन । महिनाको पहिलो दिन, सुनको भाउ केहि सस्तिएको छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार हुँदैछ ।

सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । माघ महिनाको अन्तिम दिन, सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्य भने मंगलबार स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्