नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज आजदेखि सुरू

काठमाडौं, २५ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज आजदेखि सुरू हुँदैछ। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ।

२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो।

एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेल्न लागेका हुन्।

दुई वर्षअघि नेपालले आइसिसी विश्वकप लिग(२ को तयारीका लागि क्यानडा भ्रमण गरेको थियो। तर त्यतिबेला क्यानडा एकदिवसीय मान्यता प्राप्त टिम थिएन। गत वर्ष क्याडनाले एकदिवसीय मान्यता पाएको थियो।

नेपालका लागि एकदिवसीय खेलमा क्यानडा १३औं प्रतिद्वन्द्वी हो। बिहीबार क्याडनासँग भिड्दा नेपालले ६०औं एकदिवसीय खेल खेल्दैछ। यसअघि नेपालले १२ एकदिवसीय टिमसँग ५९ खेल खेलिसकेको छ। ५९ मध्ये नेपाल ३० खेलमा विजयी भएको छ भने २७ खेलमा पराजित भएको छ। एक खेल बराबरीमा सकिँदा एक खेल रद्द भएको थियो।

नेपालले अहिलेसम्म पाँच आइसिसी स्थायी राष्ट्रसँग एकदिवसीय खेल खेलेकोमा सबै खेलमा हार बेहोरेको छ। नेपालले अहिलेसम्म भारत, पाकिस्तान, आयरल्यान्ड, वेस्ट इन्डिज र जिम्बावेसँग एक एक एकदिवसीय खेल खेलेको छ।

यस्तै एसोसिएट राष्ट्रसँग नेपालले ५४ एकदिवसीय खेल खेलेको छ। जसमा युएईसँग ९१५ खेलमा ९ जित०, पपुवा न्युगिनीसँग ९१० खेलमा ८ जित०, अमेरिकासँग ९७ खेलमा ४ जित०, ओमानसँग ९७ खेलमा ३ जित०, नामिबिया ९६ खेलमा २ जित०, स्कटल्यान्ड ९६ खेलमा ३ जित० र नेदरल्यान्ड्ससँग ९३ खेलमा १ जित० खेलेको छ।

त्यसो त क्यानडा एकदिवसीय मान्यता पाएको नयाँ टिम भने होइन। क्याडनाले सन् १९७९ कै विश्वकप खेल्दा एकदिवसीय खेलको मान्यता पाएको थियो। यस्तै सन् २००३ मा क्यानडाले फेरि एकदिवसीय विश्वकप खेल्यो।

सन् २००६ देखि भने क्याडनाले अस्थायी एकदिवसीय मान्यता पायो। त्यसपछि २००७ र २०११ को विश्वकप खेलको क्यानडाले सन् २०१४ मा भने एकदिवसीय मान्यता गुमाएको थियो।

सन् २०२३ मा एकदिवसीय मान्यता फेरि पाएको क्यानडाले अहिलेसम्म ८२ एकदिवसीय खेल खेल्दा २० खेलमा जित हात पारेको छ। क्याडनाले भारतबाहेक स्थायी सदस्यसँग एकदिवसीय खेल खेलिसकेको छ भने कुल २० देशसँग एकदिवसीय खेल खेलेको छ।

क्यानडा टिम हङकङ र मलेसियासँगको एकदिवसीय सिरिज खेलेपछि नेपाल आउन लागेको हो। क्यानडाले सिरिजमा सुरुवाती दुई खेलमा जित निकाल्दा फाइनलमा मलेसियासँग पराजय भोगेको थियो।

 

प्रतिक्रिया दिनुहोस्