सुन चाँदीको मूल्यमा गिरावट

काठमाडौं,२३ माघ । सुन र चाँदीको मूल्य निरन्तर तेस्रो दिन घटेको छ । मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरि मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक ३७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्