सुन र चाँदी दुबैको भाउ सामान्य घट्यो

काठमाडौं,२१ माघ । हप्ताको पहिलो दिन आइतबार सुन र चाँदी दुबैको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्