डेढ लाख बढी नेपाली औलोको उच्च जोखिममा, ७ नम्बर प्रदेशमा अझ धेरै

काठमाडौं  सरकारी तथ्याङ्क अनुसार नेपालमा अझै पनि १ लाख ६९ हजार ७ सय ४७ नागरिक औलोको उच्च जोखिममा रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १३ लाख ५७ हजार ७ सय २३ नेपाली नागरिक औलोको मध्ययम जोखिममा छन् ।

सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त बनाउने लक्ष्य लिएको छ ।

महाशाखाका अनुसार सबैभन्दा बढि औँलोको जोखिम ७ नम्बर प्रदेश छ । यस्तै कम जोखिम प्रदेश ४ छ । इपिडिमियोलोजी महाशाखाका डाक्टर विवेक लालका अनुसार १ नम्बर प्रदेशमा ४६,दुई नम्बरमा १४६, ३ नम्बरमा ४५ ,४ नम्बरमा २० , पाँच नम्बरमा २ सय ८७ , ६ नम्बरमा ७५ र ७ नम्बर प्रदेशमा ५०६ जना औलो रोगीहरु रहेका छन् ।

विज्ञहरुका अनुसार लक्ष्य पुरा गर्न सन् २०१८ सम्ममा रोगीको संख्या हालको भन्दा ९० प्रतिशतले घटाउनु पर्ने हुन्छ भने औँलो संक्रमण भएका स्थानीय निकायको संख्या ७० प्रतिशतमा पुर्याउनुपर्ने हुन्छ ।

हाल वडागत आधारमा हेर्ने हो भने उच्च जोखिममा ५४ वटा वडाहरु रहेका छन् । यस्तै मध्यम जोखिममा ३ सय ७० वटा वडा छन् ।

औलोरोग एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यो रोगको नेपाल सरकारबाट निशुल्क उपचार हुन्छ तर बिरामीहरुको संख्यामा भने कम आएको देखिदैन् ।

। विश्व स्वास्थ्य संगठनको सनु २०१६ को एक अध्ययन अनुसार संसारभरमा २ करोड १२ लाख मलेरिया संक्रमित छन् । जसमध्ये ४ लाख २९ हजारको औलोबाटै ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्