भुकम्पपीडितको अवस्था अझै फेरिएन, भन्छन् – ‘सरकार, गरिवलाई पनि हेर्नु’

काठमाडौं  । भुकम्पन गएको तीन बर्षमा सिन्धुलीपाल्चोक बाह्रविसेका विकमान थामीको टहरामा सम्झनालायक तीन दृश्य देखिए ।पहिलो दृश्य चुनावको  १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् ।

फरकफरक पार्टीका नेता उनको टहरामा आए । घर बनाईदिने बाचा गरे । भोट हालेर स्वाँस्याँ गर्दै फर्किए विकमान । केही दिनपछि सडकमा विजय जुलुस निस्कियो ।

मोटरसाईकल र पजेरको आवाजले विकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो । त्यसपछि शुन्य भयो बाटो देखिएनन् ।

भोट माग्नेहरु । उनले भोटको बदलामा छातीमा झन्डा टाँसिएको एउटा टिसर्ट पाए । उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्