पुलिस रिपोर्ट सेवामा विस्तार, अब उपत्यकाको ६ स्थानबाट सेवा निल सकिने

काठमाडौं । नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवामा विस्तार गरेको छ ।

विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा यक्तिगत चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएकोमा यस सेवालाई आजदेखि दुई स्थानमा थप गरि सेवा विस्तार गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएकोमा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटीमा आजदेखि सेवा थप गरिएको जानकारी दिनुभयो । “सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि प्रहरी रिपोर्ट दिने स्थान बढाएका हौँ”, उनले भने ।

यस्तै प्रहरीले उपत्यका बाहिर १ नं प्रदेश कार्यालय विराटनगर, ३ नं प्रदेश कार्यालय हेटौँडा, ४ नं प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरी र संघीय प्रहरी इकाइ कार्यालय सेतीबाट सेवा दिँदै आएको छ ।

विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको [email protected] मा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरेको छ । यसले गर्दा सेवा गाग्राहीलाई पथ सहजता हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्