भन्सार छली गर्ने ४ जना पक्राउ, ९ लाख बराबरका समान बरामद

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले ८ लाख मूल्य बराबरको मोटर पार्ट्ससहित सोही नगरपालिका–८ का गणेश तामाङ र वडा नम्बर ७ का शिव सरदारलाई नियन्त्रणमा लिइएको छ।

भन्सार छली गरी भारतबाट आयात गरिएको मोटर पार्ट्ससहित डब्लुबि–७४–ए–बि–४६२० नम्बरको कार समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङ्ग कार चालक हुन्।

कारबाट चार पाङग्रे सवारी साधनमा प्रयोग हुने एलो हुइल, इन्जिन, बेरिङ, लुकिङ ग्लास, गियर बक्स लगायतका सामान बरामद भएको थियो। कार चेकजाँच गर्दा भन्सार छलीको समान बरामद भएपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।

यसैगरी, भन्सार छली गरी नेपाल भित्र्याइएको कपडासहित सुनसरीको हरिनगरा गाउँपालिका–६ बाट प्रहरीले स्थानीय सविम अन्सारीलाई नियन्त्रणमा लिएको छ।

मोटरसाइकलमा लोड गरी भन्सार छलेर ल्याएको ८६ हजार ४ सय रुपैयाँ बराबरको अवैध कपडासहित समिमलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी भुडाहाले जनाएको छ। प्रहरीले बरामद कपडा र मोटरसाइकलको बिगो ८६ हजार ४ सय कायम गरी कारबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी व्यारेजमा पठाएको छ।

यस्तै, भारततर्फ तस्करी हुँदै गरेका ५ वटा चौपायासहित भारतीय नागरिक जाहिद अन्सारीलाई हरिनगरा गाउँपालिका–२ बाट नियन्त्रणमा लिइएको छ। कारबाहीका लागि मन्सारीलाई चौपायासहित भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्