सुन र चाँदी दुबैको भाउमा बढ्यो
काठमाडौं,५ माघ । शुक्रबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्