सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं,३ माघ । बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाला सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै चाँदी १५ रुपैयाँले घटेर एक हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्