‘शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुने ‘: गृहसचिव राई

काठमाडौँ । गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि उनले भने, ‘सरकारले लिएको नीति तथा कार्ययोजना सम्पादन गर्न प्रहरीले अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।’

‘सीमित साधनस्रोत र जनशक्तिका बाबजुद नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिका सराहनीय छ,’ सचिव राईले भने, ‘शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, मानव बेचविखन तथा ओसारपसार, राजस्व चुहावट नियन्त्रण जस्ता आपराधिक गतिविधिमा संलग्नलाई तत्काल कानूनको दायरामा ल्याउनुपर्छ ।’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको बताउँदै मुलुकको शान्ति सुरक्षालाई मजबुद बनाउन नेपाल प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्छ भने ।

प्रतिक्रिया दिनुहोस्