लामो समयदेखि सर्दै आएको आईजीसी बैठक आजदेखि काठमाडौमा

काठमाडौं। नेपाल-भारत अन्तर सरकार समिति आईजिसी बैठक आजदेखि सुरु हुने भएको छ । भारतले आफ्नो तयारी नपुगेको भन्दै लामो समयदेखि सर्दै  आएको आईजीसी बैठक आजदेखि काठमाडौमा बस्न लागेको हो ।

नेपाल भार अन्तर सरकार वाणिज्य सचिव र सह सचिवस्तरमा हुने बैठक पूर्ण रुपमा व्यापारमा केन्द्रीत हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आज र भोली अन्तर सरकार उपसमिति वाणिज्य सहसचिव स्तरीय बैठक हुनेछ भने बिहिबार र शुक्रबार अन्तर सरकार समिति वाणिज्य सचिव स्तरीय बैठक हुने बताइएको छ ।

बैठक विशेष गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आईजीसी बैठक पूर्ण रुपमा प्राविधिक विषय र दुइ मुलुकबीचको व्यापार र सहजीकरणका विषयमा केन्द्रीत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्