जनउत्थानले २० प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले गतबर्षको मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

कात्तिक ५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने ४८ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्न लागेको हो । त्यस्तै कम्पनीले कर प्रयोजनार्थ २ लाख ५२ हजार बराबरको नगद लाभांस समेत वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांस पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी २ करोड ४० लाख रुपैयाँ छ । बोनस पछि कम्पनीको पूँजी २ करोड ८८ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्