रोहितले आर्मी छोडे, अब एपीएफबाट प्रधानमन्त्री कप खेल्ने
काठमाडौं,२६ पुस । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छोडेर अर्को विभागीय क्लब एपीएफबाट खेल्ने भएका छन् ।
रोहितले केही वर्ष यता आर्मीबाट खेल्दै आए थिए भने केही दिन अघि मात्रै आर्मी छाडेर एपीएफमा आबद्ध भएको आर्मीका क्रिकेट प्रशिक्षक चन्द्र सावद जानकारी दिएका थिए । उनले सन् २०१८ मा एपीएफबाट खेल्दै प्रधानमन्त्री कपको उपाधि जितेका थिए ।
रोहित हाल राष्ट्रिय टिमको कप्तान छन् । उनकै कप्तानीमा नेपालले एकदिवसीय मान्यता जोगाउनुको साथै, टी–२० विश्वकपमा छनोट भएएको र पहिलो पटक एसिया कप खेलेको थियो ।
रोहितसँगै, हरि चौहान, सुशन भारी र विक्रम सोबलाइ आर्मीको टिममा देख्न पाइने छैन । हरि चौहानले केही महिनाअघि नै आर्मी छोडेका थिए भने सुशन र विक्रम आर्मी छोडेर अष्ट्रेलिया पलायन भएका छन् ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिता राउन्ड रोविन प्रणालीमा रहेर ४६ वटा खेल हुनेछन् । त्रिवि क्रिकेट मैदान, मूलपानी र भैरहवामा यो प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्