माघ महिनाको लागि कुमारी बैंकले पनि घटायो ब्याजदर

काठमाडौं,२६ पौष । कुमारी बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । प्रकाशित सूचना अनुसार बैंकले पुस महिनाको तुलनामा ब्याजदर घटेको छ ।

बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिने भएको छ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिनेछ ।

त्यसै, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्