निक्षेपको ब्याज थप घटाउँदै बैंक, माघ १ बाट निक्षेप अझै घट्ने

काठमाडौं २२, पौष । बैंकहरुले महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि माघ १ गतेबाट लागू हुने गरी ब्याज दर थप घटाउने तिर बैंक लागेका छन् ।

साउनदेखि नै निक्षेपको ब्याज दर घटाउन थालेपछि ऋणको ब्याज अपेक्षित रूपमा घटिसकेको छैन । लामो अवधिको निक्षेप उठाएका कारण बैंकहरुले त्यसको ब्याज घटाए पनि ऋणमा त्यसको प्रभाव भने देखिएको छैन ।

त्यही भएर बैंकहरुले माघ १ गतेबाट लागू हुने निक्षेपको ब्याज थप घटाउने लागेका हुन् । निक्षेपको ब्याज घटाएपछि आधार दर केही कम हुन्छ र ऋणको ब्याज घट्छ । आधार दर तीन महिनाको औसतमा गणना हुने, बैंकहरुले एक वर्षभन्दा बढी अवधिको निक्षेप स्वीकार्नेजस्ता कारणले ऋण अझै महँगै छ । ऋणको ब्याज महँगो हुन्जेल नयाँ माग नआउने बैंकरको बुझाइ छ ।

ब्याज त घटिरहेको छ, तर अपेक्षा गरेजस्तो घटेको छैन, बजारमा नयाँ पैसा आएको छैन । सरकारी खर्च भएको भए त्यो आउँथ्यो । सरकारले खर्च नगरेपछि निजी क्षेत्र ऋण लिन उत्साहित छैन ।

बैंकरका अनुसार, अहिले भएको ऋण मिलाउन थप पैसा माग्न ग्राहक आउँछन्। तर त्यो दिन बैंकर इच्छुक छैनन् । जलविद्युतमा अलिअलि माग छ । त्यो भनेको दिर्घकालिन कर्जा हो त्यसका लागि धेरै गृहकार्य गर्न पर्ने हुन्छ । त्यस बाहेको क्षेत्रमा ऋणको माग आएको छैन । त्यसैले पनि बैंक ब्याजदर घटाउनु पर्ने दवाबमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्