संघीय संसदको बजेट अधिवेशन ‘वैशाख २३ देखि’

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन वैशाख तेस्रो साताबाट बोलाउने गरी संसद् सचिवालयले गृहकार्य सुरु गरेको छ । सचिवालयले वैशाख २३ देखि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन सरकारलाई प्रस्ताव गर्न लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक बोलाउने संवैधानिक प्रावधान छ । सचिवालयका प्रवक्ता भरतराज गौतमले सरकारले ल्याउने नीति तथा कार्यक्रम तथा प्रि-बजेटमाथिको छलफल प्रारम्भ गर्न आवश्यक हुने भएकाले वैशाख अन्तिम साताबाट बैठक बस्ने गरी तयारी गरिएको बताए ।

सचिवालयले वैशाख अन्तिम सातादेखि असार दोस्रो सातासम्मका लागि बजेट अधिवेशनको क्यालेन्डर तयार गरिरहेको छ । असार मध्यसम्ममा बजेटमाथि छलफल टुंगिने अनुमानका साथ दोस्रो अधिवेशन तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्