सन् २०२४ को पहिलो दिन सुन-चाँदीको मूल्य स्थिर

काठमाडौं, १६ पौष । सन् २०२४ को पहिलो दिन सुन-चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।

सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । आइतबार पनि सुनचाँदी सोही मूल्यमा कारोवार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६६.२६ डलर र चाँदी प्रतिऔंस २३.७९ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्