सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगको सरकारसँग माग

काठमाडौं । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

आईतबार बेलुका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेलस्थित घरमा वम विस्फोट भएपछि आयोगले सरकारसँग सुरक्षा माग गरेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले सोमबार विज्ञप्ति जारी गरी वम विस्फोटजस्ता घटनालाई मध्यनजर गरी प्रमुख आयुक्त र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ‘यस्ता प्रकारका घटनालाई मध्यनजर गरी आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा घटेको घटनाको यथाशिघ्र छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाही गर्न आयोग नेपाल सरकार सँग हार्दिक आग्रह गर्दछ ।’

आयोगका अनुसार आइतबार प्रमुख आयुक्त यादवको घरमा भएको बम विस्फोटबाट पर्खाल, झ्याल, ढोकालगायत अधिका्रश स्थानमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्