अङ्ग्रेजी नयाँ वर्ष मनाउन पर्यटकीय गन्तब्यहरुमा पर्यटकको घुइँचो, होटल अकुपेन्सी शतप्रतिशतसम्म

अंगे्रजी नयाँ वर्ष मनाउन पर्यटकीय गन्तब्यहरुमा पर्यटकको घुइँचो, होटल अकुपेन्सी शतप्रतिशतसम्म
काठमाडौं १५, पौष । पोखरा, चितवनको सौराहा, काठमाडौंका नगरकोट, भक्तपुर, ललितपुर, मुगुको रारा, मुक्तिनाथ लुम्बिनीलगायत ठाँउहरुमा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको हो ।

बिदेशी तथा आन्तरिक पर्यटकहरु पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी पर्वतीय दृश्यावलोकन, पर्वतारोहण, पदयात्रा केवलकार, हटएयर बेलुन, बन्जीजम्पिङ्ग, प्याराग्लाइडिङ, डुङ्गा हात्ती, जीप सफारी लगायत रमाउने गरेका छन् ।

काठमाडौको ठमेल, पोखराको लेकसाइड लगायत प्रमुख पर्यटकीय क्षेत्रआसपासका होटल, रिसोर्ट र होमस्टेहरुमा यतिबेला आन्तरिक पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको उपस्थिति पनि उलेख्य रहेको छ । त्यहाँका सबै कोठा भरिएको र अकुपेन्सी शतप्रतिशत पुग्ने अनुमान गरिएको छ । यस्तो बुकिङ्ग जनवरी ५ तारिखसम्मका लागि बुकिङ भएको होटल व्यवसायीहरुले बताएका छन् ।

यति बेला सौराहामा आएका पर्यटक कुमरोज र कुचकुचे सामुदायिक वनमा जीप सफारी गरि रमाईरहका छन् । यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि जीप सफारी हुन्छ । सामुदायिक वनमा मात्रै दैनिक एक सय हाराहारी जीप सफारी भइरहेको छ । ती जीपमा पर्यटकले पालो कुर्नुपर्ने अवस्था छ ।

दसैँपछि पर्यटकको राम्रो चहलपहल भएको र हाल कोभिडअघिको अवस्थामा जस्तै गरी अहिले पर्यटक आएका व्यवसायीहरुले जनाएका छन् । जाडो मौसममा पर्यटकहरु घुम्न रुचाउँछन्। आउँदा दिनहरुका लागि बुकिङ राम्रो छ । यसले आशा व्यवसायीहरुले बताउँदै आएको छन् । यसको साथै हामीलाई होटलको स्तरोन्नत गर्न थप लगानी बढाउन उत्सहित बनाएको छ ।

पूरानै लयमा पर्यटक आगवन भएको हुँदा नयाँ बर्ष सन् २०२४ पर्यटन क्षेत्रका लागि उत्साहको वर्ष हुने अनुमान गरिएको छ । यसले गर्दा आर्थिक गतिविधि बढ्नुका साथै अर्थतन्त्र चलायमान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्