प्याराग्लाइडिङ उडान पुनः संचालन गर्न दिने क्यानको निर्णय, फस्र्ट कम फस्र्ट सर्भिस दिनुपर्ने

काठमाडौं १३ पौष । नेपाल नागरिक उड्‍डयन प्राधिकरणले स्थगित अवस्थमा रहेका प्याराग्लाइडिङ उडान पुनः संचालन गर्न दिने निर्णय गरेको छ । त्यसको लागि क्यानले आफूले तोकेको स्थानबाट उडान पुनः सञ्‍चालन गर्न दिने निर्णय शुक्रबार गरेको हो ।

उडान सुरक्षालाई उच्च प्राथमिकता दिई फस्र्ट कम फस्र्ट सर्भिस तथा प्राधिकरणबाट प्रदान गरिएको अधिकार क्षेत्रभित्र रहि सुरक्षित स्लट र तालिका व्यवस्थापनमा प्राधिकरणबाट तोकिएको स्थान मान्द्रेढुंगा क्षेत्रबाट पुनः उडान संचालन गर्न गराउन दिने निर्णय भएको छ, क्यानले शुक्रबार नेपाल हवाई खेलकुद संस्था पोखरालाई पठाएको पत्रमा उल्लेख छ ।

नेपाल हवाई खेलकुद संस्था पोखराका पदाधिकारीसँग विवादपछि क्यानले उसलाई मंसिर गत २९ देखि प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । उडान पुनः सञ्‍चालन गर्ने विषयमा क्यान र संस्थाका पदाधिकारीबीच सहमति भएको थियो ।

यस सहमतिसंगै उडान पुनः सचारु हुने भने खबरले यो  विवाद समाधान पछि प्याराग्लाइडिङ पाइलटहरु काममा फर्कने छन् । लामो समय उडानको लागि प्रतिक्षा गरि राखेको बिदेशी तथा स्वदेशी पर्यटकहरु लाई यो खबरले पनि पक्कै खुसी ल्याएको हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्