सुनको र चाँदीको मूल्यमा लगातार वृद्धि

काठमाडौं १२, पौष । सुन फेरि उच्च मूल्यको रेकर्ड बनाउन लागेको छ । बिहीबार सुन तोलाको १ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनका तुलनामा यो १ हजार ३ सयको वृद्घि हो भने गत आइतबारको तुलनामा २ हजार १ सय रुपैयाँ बढी हो ।

चाँदीको कारोबार मूल्य पनि बढेको छ । बुधबारका तुलनामा १५ रुपैयाँ बढेर बिहीबार प्रति तोला १४ सय ९० भएको छ । मंगलबारका तुलनामा १० रुपैयाँ घट्दा बुधबार तोलाको १४ सय ७५ रुपैयाँ थियो। गत आइतबार र सोमबार चाँदी प्रति तोला १४ सय ७५ रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै मूल्यमा क्रमिक वृद्धि छ । बिहीबार सुनचाँदी दुवैको कारोबार मूल्य बढेको छ । सुन प्रति औंस २०८७.१३ डलरले कारोबार भइरहेको छ । बुधबार २०६४.७७ डलर थियो भने सामान्य गिरावटसँगै मंगलबार २०६१.७२ डलरले कारोबार भएको थियो ।

चाँदी प्रति औंस २४.४६ डलर छ। बुधबार २४.२१ डलर थियो भने मंगलबार २४.३५ डलरले कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्