कुमारी बैंकले बैशाख २८ गतेदेखि २० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले बैशाख २८ गतेदेखि १० बराबर २ कित्ता अर्थात २० प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद बिक्रि गर्ने छ । लगानीकर्ताले जेठ ३१ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।

बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ बैशाख १० गते बुक क्लोज गर्ने निर्णय गरेकाले बैशाख ९ गतेसम्म कायम शेयरधनीलेमात्र हकप्रद शेयर भर्न पाउने छन ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्