नेपाल सुपर लिगमा आज भ्याली डर्बीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १० पुस। नेपाल सुपर लिग २०२३ मा आज भ्याली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता काठमाडौं र ललितपुर सिटी एफसी यस सिजन एलिमिनेटरमा आज भिड्न लागेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।यो खेल दोस्रो क्वालिफायरमा पुग्नका लागि हुनलागेको हो ।

लिग चरणमा काठमाडौं तेस्रो र ललितपुर चौथो हुँदै शीर्ष चारमा पुगेका थिए । तेस्रो र चौथो स्थानमा रहनेले एलिमिनेटर खेल्नुपर्ने प्रावधान छ । यसअघि लिगको अन्तिम खेलमा पनि काठमाडौं र ललितपुबीच प्रतिस्पर्धा भएको थियो । जसमा ललितपुरलाई १-० ले पराजित गर्द काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको थियो । त्यही लय कायम राख्दै क्वालिफायर पुग्ने लक्ष्यमा काठमाडौं छ ।

साविक विजेता भएकोले पनि च्याम्पियन शैली कायम राख्दै फाइनल पुग्ने लक्ष्य रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताइसकेका छन् । अहिलेसम्म काठमाडौं र ललितपुर एनएसएलमा कुल तीन पटक खेल्दा तीनैपट काठमाडौं विजयी भएको छ । त्यसमा काठमाडौंले कुनै गोल पनि खाएको छैन ।

उता ललितपुरका अष्ट्रेलियन प्रशिक्षक इयान गिलियनले यो खेल गर या मरको अजस्थामा भएकोले अगाडि बढ्न जित्नैपर्ने अवस्था रहेको बताएका छन् । यस खेलको विजेताले बिहीबार पोखरा थण्डर्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । पराजित हुने टोली भने बाहिरिनेछ ।

सोमबार भएको पहिलो क्वालिपायरमा पोखरालाई पेनाल्टीसुटआउटमा हराउँदै साविक उपविजेता धनगढी लगातार दोस्रो पटक फाइनल पुगिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्