पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ दुई सातादेखि बन्द

काठमाडौं ९, पौष । प्याराग्लाइडिङ कम्पनीहरुले उडान शुल्कमा आफूखुसी गर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले सेवा सञ्चालन बन्द गराएको छ ।

पोखराको पर्यटकीय आकर्षणका रुपमा रहेको यो साहसिक खेल दुई सातादेखि बन्द हुँदा कम्पनीहरुमा छटपटी छ । सेवा पुनः संचालनका लागि हालसम्म भएका छलफलमा सहमति जुटेको छैन, सहमतिको लागि प्रयास भने जारी छ ।

दुई सातादेखि पोखराको प्याराग्लाइडिङ सेवा बन्द छ । व्यवसायीसँग छलफलका लागि औपचारिक अनौपचारिक बैठक चलिरहेको छ । आगामी बिहीबार पुनः बैठक राखिएको छ ।

सेवा बन्द हुनुमा प्याराग्लाइडिङ कम्पनीहरु बीचकै किचलो रहेको उनले बताए । प्रचलित शुल्कमा घटाघट गरेर जतिमा पायो त्यतिमा उडाउन थालेपछि कम्पनीहरुबीच झगडा बढ्दा दुई सातादेखि सबैका उडान बन्द भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ उडानस्थल सराङकोटबाट मान्द्रेढुंगामा स्थानान्तरण गरिएको छ । यो खेलका लागि लागू गरिएको मापदण्ड पालना नभएका कारण तत्कालका लागि सेवा नै बन्द गराइएको प्राधिकरणका भुलले बताए ।

केहि बर्ष अगाडीसम्म प्रति उडान जनही ८ हजार भै रहेकोमा एकाएक मनोमानी रुपमा व्यवसायीले मूल्य बृद्घि गरेको प्राधिकरणको आरोप छ । प्राधिकरणले प्याराग्लाइडिङको मूल्य जनही १२ हजार रुपैयाँ महँगो भएको जनाउँदै यसको समायोजन गर्नु पर्ने निर्देशन पनि दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्