प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा बम विस्फोट

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको ललितपुरस्थित घरमा बम विस्फोट भएको छ ।

आइतबार साँझ ललितपुरको हात्तीवनस्थित डा. यादवको घरमा बम विस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख गणेश ऐरले प्रमुख निर्वाचन आयुक्तको घरमा एउटा बम विस्फोट हुँदा घरको कम्पाउन्डमा क्षति पुगेको र झ्यालका सिसा फुटेको जानकारी दिए ।

प्रहरीका अनुसार घर नजिकै एउटा शंकास्पद वस्तु पनि फेला परेको र त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । बम विस्फोटमा संलग्नको पहिचान हुन नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्