साताभरमा २ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं ६ पौष । साताको शुरुवातसंगै सुनको मूल्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै बढेको सुनको मुल्यमा थप प्रभाव पारेको बिश्लेषकहरुले बताएका छन् । त्यसै गरि अँग्रेजी नयाँ बर्षमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन् ।

नेपाली बजारमा यो साता सुनको मुल्य बढ्यो । पुष १ गते, आइतबार सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ रहेको थियो । त्यसैगरि शुक्रबार बढेर १ लाख १९ हजार ८०० पुग्यो । साताको पहिलो दिनको तुलनामा अन्तिम दिनसम्ममा सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

यस साता नेपाली बजारमा चाँदीको मुल्य पनि वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ४८५ रुपैयाँ कायम भएको छ । साताभरमा चाँदी तोलामा ३० रूपैयाँले महंगिएको छ ।

विश्व बजारमा सुनको भाउ बढिरहेको छ । विज्ञहरूले २०२४ मा सुनको भाउ ३ हजार डलर हाराहारी पुग्ने प्रक्षेपण गरिरहेका छन् । सुनको भाउले पहिलेको रेकर्ड तोडेर पछिल्लो एक महिनायता २ हजार डलर बराबरमा सुन कारोबार भएको देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य भन्छन् अब सुनको भाउ २ हजार भन्दा तल आउने संकेत देखिँदैन । २ हजार भन्दा माथि नै रहेर २ हजार पाँच सय डलर देखि ३ हजार डलरसम्म पुग्ने संभावना देखिन्छ । मूल्य वृद्धिको असर स्वतस् नेपाली सुन व्यवसायमा देखिने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गर्छन् ।

प्रतिक्रिया दिनुहोस्