नेपाल टेलिकमले घोषणा गर्यो नगद लाभांश
काठमाडौं ६, पौष । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उल्लेखित लाभांस नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्