पुवा खोला-वान हाइड्रोपावर र बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणमा आइपीओ जारी गर्ने

काठमाडौं, ४ पुस । खोला वान हाइड्रोपावर कम्पनी र बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणमा आइपीओ जारी गर्ने भएका छन्। दुबै कम्पनीले साधारणसभामा आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेका छन्।

बुढानिलकण्ठ हेरिटेजले पुस २७ गते कम्पनीको रजिस्ट्रार कार्यालयमा साधारणसभा बोलाएको छ। सभामा कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत सार्वजनिक निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो।

यस्तै पुवा खोला(वान हाइड्रोपावरले पुस २६ गते बोलाएको छैठौ वार्षिक साधारणसभामा प्रारम्भिक शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ।

साधारणसभाले पारित गरेपछि दुबै कम्पनीले आइपीओ निष्काशनको प्रकृया अघि बद्ध्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्