नेपाल सुपर लिगमा आज साविक उपविजेता धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, ४ पुस । नेपाल सुपर लिग (एनएसएल) मा आज साविक उपविजेता धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।

यस सिजन अपराजित एक्लो टोली धनगढी सोही लय कायम राख्दै प्लेअफमा स्थान पक्का गर्ने लक्ष्यमा छ । धनगढी ६ खेलबाट तीन जित र तीन बराबरी नतिजासहित १२ अंकसहित दोस्रो स्थानमा छ । आजको खेल जिते वा बराबरी गरेपनि धनगढीले शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान सुरक्षित गर्नेछ । अहिलेसम्म पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ ।

उता नयाँ टोली झापाका लागि भने शीर्ष चारमा पुग्न आजको खेल जित्नैपर्नेछ अवस्था छ । झापा ६ खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ । धनगढीसँग पराजित भएमा भने झापाको शीर्ष चारमा पुग्ने सम्भावना कठिन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्