डा. गोविन्द केसीले अनसन तोडे

काठमाडौं, २ पुस । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् ।

गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

 

धनगढीको कृष्णमन्दिरको धर्मशालामा डा.केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् । अनसन बसेका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्