सुनको भाउ २ दिनमा ३१ सय रुपैयाँले बढ्यो
काठमाडौं २९ मंसिर । सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बिहीबार छापावाल सुन १ लाख १८ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार २५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार सुनको भाउ तोलामा २८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३६।६५ डलरमा र चाँदी प्रतिऔंस २४।१३ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्