काठमाडौंमा सुर्तीजन्य पदार्थ महानगर प्रहरीद्वारा जफत

काठमाडौं, २८ मंसिर । पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ काठमाडौं महानगरपालिकाले बिहीबारदेखि जफत गर्न थालेको छ ।

सूचना जारी गरेको भोलिपल्टदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने महानगरपालिका निर्णय अनुसार पसलहरुको अनुगमन सुरु गरेको हो ।

बिहीबार विहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा, जडिबुटी र कोटेश्वर क्षेबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीले जानकारी दिए । महानगरपालिकाले सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।

महानगरले सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ । त्यस्तै महानगर प्रहरीले अनुगमनका लागि १०÷१० जनाको पाँच टोली पनि परिचालन गरेको छ । ।

एसपी जोशीले भने ‘अनुगमन गर्दा पसलमा सूर्तीजन्य बस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारवाही हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्