यातायात व्यवसायीहरु भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा

काठमाडौं । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल÷अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् ।

सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागि व्यवसायी सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारवाही गर्ने चेतावनी दिएको छ ।

यस्तै, सरकारले साउन १ गतेदेखि देशभरका यातायात समिति नै नवीकरण नगर्ने निर्णय गरिसकेको छ । सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्ति नै बेचबिखनको प्रयास गरेको पनि खुलेको छ ।

आइतबार बुढानिलकण्ठ मिनिबस व्यवस्था समितिका पदाधिकारीहरु आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न चाबहिलस्थित मालपोत कार्यालय पुगेका थिए । तर, उनीहरुको प्रयास भने सफल हुन सकेन ।

संस्थाको नाममा रहेको जग्गा पछि आफ्नो नाममा नआउने हो कि भन्ने डरले समितिहरुले जग्गा बेच्न सुरु गरेको गृहमन्त्रालयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्