नेप्से एकैदिन ५० अंकले बढ्यो, १ अर्ब २३ करोड रुपैयाँको शेयर कारोबार
काठमाडौं । कारोबारमा आएका सबैजसो कम्पनीका शेयरको मूल्य बढेपछि शेयर बजार परिसूचक नेप्से आइतबार एकैदिन ५० अंकले उकालो लागेको छ ।
नेप्से बढेर आइतबार १४ सय ३८ दशमलव ४९ बिन्दुमा पुगेको हो । आइतबार कारोबार रकममा पनि कीर्तिमान कायम भएको छ । आइतबार १ सय ६७ कम्पनीका २८ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।
यो वर्षको सुरुवातदेखिनै बढ्न थालेको शेयर बजारले आइतबार पनि निरन्तरता पाएको हो । नयाँ वर्ष लागेपछि शेयर बजार झण्डै १ सय ६० अंकले माथि चढेको छ । आइतबार २० वटा कम्पनीको शेयरको मूल्य दश प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै कुमारी बैंकको झन्डै साढे पाँच करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्