अनुगमन गर्न मन्त्रीले नै रोके ठगी तथा कालोबजारी : मुद्दाका २६ फाइल
काठमाडौं । बजार अनुगमनका क्रममा तयार पारिएका ठगी तथा कालोबजारी मुद्दाका फाइल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूसँगै थन्क्याएर राखेपछि थप अनुसन्धान र कारबाहीको प्रक्रिया प्रभावित भएको छ ।
ठगी तथा कालोबजारी मुद्दामा मुछिएका शिक्षा, स्वास्थ्य, अटोमोबाइल्सलगायत क्षेत्रका २६ वटा ठूला ब्यवसायिक घरानाका फाइल मन्त्री यादवले झिकाएर राखेपछि थप अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्न सकेको छैन ।
साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा देखिएका कैफियत बमोजिम थप अनुसन्धान र कारबाहीका लागि तयार पारेका फाइलहरु एक महिना अघि मन्त्री यादबले विभागबाट झिकाएर आफूसँग राखेका छन् ।
अटोमोबाइल्स क्षेत्रका ८ वटा, ५ वटा निजी विद्यालय, ६ वटा स्वास्थ्य संस्था, एउटा पेन्टिङ कम्पनी र ६ वटा अन्य क्षेत्रमा ठगी तथा कालोबजारी मुद्दा दायर गर्नका लागि विभागले तयार पारेका फाइल मन्त्री कहाँ पुगेका हुन ।
प्रतिक्रिया दिनुहोस्