सेञ्चुरी बैंकको हकप्रद असोज २ गते बन्द हुने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले निष्काशन गरिरहेको १० बराबर चारको अनुपातको हकप्रद सेयर असोज २ गतेसम्म खुला रहनेछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

भदौ १८ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् । सिभिल क्यापिटल मार्केट लिमिटेड, र सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयहरुबाट बैंकको हकप्रदमा आवेदन दिन पाइनेछ ।

बैंकले पछिल्लो पटक सेती फाइनान्सलाई गाभ्ने अन्तिम स्वीकृत नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने स्वीकृति पनि प्राप्त गरिसकेको छ । सबै वित्तीय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद बिक्री पश्चात सेञ्चुरीको चुक्ता पूँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले पूँजी आठ अर्ब पुर्याउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्