एनआइसी एशियाको स्वीफ्ट कारोबारमा समस्या

काठमाडौं । एनआइसी एशिया बैंक लि.को स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । विदेशी ह्याकरको कारणले स्वीफ्ट कारोबारमा समस्या भएको हुन सक्ने आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।
स्रोतका अनुसार यो समस्या असोज ३१ गतेदेखि देखिएको थियो । कारोबारमा समस्या देखिएपछि एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ ।
आइतबार कार्यालय खुल्ने वित्तिकै राष्ट्र बैंकले एनआइसी एशिया बैंकको स्थलगत अध्ययन गर्न एक टोली खटाएको छ ।
स्वीफ्ट कारोबारमा समस्या भएको तथा कुनै कारोबारमा गडबढी समेत भएको भन्ने जानकारी पाएकोले अध्ययन गर्न राष्ट्र बैंकबाट एक टोली गएको छ । राष्ट्र बैंकका उच्च अधिकारीले बताए ।
यता प्रहरी अनुसन्धान व्यूरोका अनुसार बैंकको कारोबारमा समस्या देखिएको बारेमा अनौपचारिक सूचना आएको तर बैंकबाट औपचारिक जानकारी केही नआएको जनाएको छ ।
बंगलादेशमा केही समयअघि स्वीफ्ट कारोबार ह्याक गरी ह्याकरले करोडौ डलर ठगि गरेको घटना स्मरण गर्दै बैंकहरु उच्च सर्तकतामा देखिएको स्रोतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्