असारसम्म भूकम्पपीडितका ४ लाख ३० घर बन्ने

काठमाडाैं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्तसम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने दाबी गरेका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) नेपालले ललितपुरको पुल्चोकमा भूकम्पपछिको पुनर्निर्माण प्रगतिको तस्बिर प्रर्दशनीमा कार्यकारी निर्देशक भुसालले विद्यालय र स्वास्थ्यचौकी निर्माणको आधाभन्दा बढी काम सकिएको बताए ।

उनले भने,‘ भूकम्पपछि उद्धार, पुनःस्थापन, पुनर्निर्माणमा विदेशी निकायको सहयोग प्रशंसायोग्य छ, हामीले प्राधिकरण स्थापनाको आधा अवधि सकिँदा निजी १ लाख १७ हजार आवास बनिसकेको छ ।’

चार लाख ३० भन्दा बढी घर बन्दै गरेकाले अगामी वर्षमा सबै निजी आवास निर्माण गरिसक्ने जानकारी दिए ।प्राधिकरणले ३ हजार ७ सय विद्यालय बनिसकेको, १ हजार १ सय बनिरहेको, बाँकी अर्को वर्ष सुरु हुने,प्रिह्याबसहित आधाभन्दा बढी अस्पताल र स्वास्थ्य संस्था बनिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्