नयाँ नोट असोज २९ देखि साट्न पाइने
काठमाडौं । यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट यही असोज २९ गतेदेखि साट्न पाउने भएका छन् ।
अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले बताए ।
पहिलो चरणमा वाणिज्य बैंकहरूलाई मागानुसार राष्ट्र बैैंकले नयाँ नोट दिने गरेको छ । ती बैंकहरूले असोज २४ गतेपछि राष्ट्र बैंकबाट आफ्नो अनुकूलमा नयाँ नोट साट्न पाउनेछन् । तर, सर्वसाधारणलाई असोज २९ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।
यो वर्ष पनि एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिएको शाक्यको भनाइ छ ।
पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले नै उपलब्ध गराइने शाक्यले बताए ।
प्रतिक्रिया दिनुहोस्