मेलम्चीको पानी वितरण गर्न उपत्यकामा ६ सय ८४ किमी पाइप विच्छ्याइयो

काठमाडौँ– मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको छ ।  पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको हो । डेढ महिनामा ७२० किमीमै पाइप बिच्छ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये ६९ किमीमा पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले  जानकारी दिए । असार मसान्तसम्म पहिलो चरणको पाइप बिच्छ्याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्