एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं– चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा स्थान बनाएसँगै कास्य पदक पक्का भएको हो।
एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने २ टिमलाई कास्य पदक दिइनेछ। सेमिफाइनलमा हार्दा पनि नेपालले कास्य पाउनेछ।
नेपाल रहेको समूह ‘बी’का इरान र बंगलादेशबीचको खेलमा इरान बिजयी भएको छ। इरानले बंगलादेशविरुद्ध ५४-१६ ले जित हात पार्यो। यसअघि नेपाल इरानसँग पराजित र बंगलादेशसँग विजयी भएको थियो। नेपाल उपविजेता बन्दै अन्तिम ४ मा पुगेको हो।
नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेतासँग खेल्नेछ। सेमिफाइनल जित हात पारे नेपालको कम्तिमा रजत पक्का गर्नेछ भने हार्दा पनि हात खाली नहुने पक्का भएको छ।
प्रतिक्रिया दिनुहोस्