कामना सेवा विकास बैंकको सेयर लिलामीमा आउँदै

काठमाडौं । कामना सेवा विकास बैंकको १५ प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । बैंकले ३० लाख ९४ हजार १५४.७७ कित्ता सेयर बिक्री खुला गरेकोमा २२ लाख ४४ हजार १९१ कित्ताका लागि मात्र आवेदन परेको छ । बिक्री नभएको ८ लाख ४९ हजार ९६३.७७ कित्ता सेयर कामनाले अब लिलामीमा ल्याउनेछ भएको हो ।
विकास बैंकले माघ १५ गतेदेखि चैत ५ गतेसम्म ३० लाख ९४ हजार १५४.७७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । बैंकले फागुन २० गतेसम्म मात्र हकप्रद भर्न सकिने जनाए पनि त्यस अवधिमा सबै हकप्रद सेयर बिक्री नभएपछि विकास बैंकले १५ दिन समय थप गरेर चैत ५ मा पुर्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्