१९औं एसियाड ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम विजयी

काठमाडौं, ११ असोज। चिनमा जारी १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३(१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २(० ले हराउँदै हराए । प्रिन्स २१(८, २१(१४ तथा सुनिल २१(११, २१(७ ले विजयी भए ।

तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २-१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१(२३, २४(२२, १७(२१ ले पराजित भए ।

तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २(० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१(८, २१(९ ले विजयी भयो ।

महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३(१ ले पराजित भयो ।

नेपालकी रशिला महर्जन माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकसँग २(१ ले, नङ्शल तामाङ अमिनाथ नाबिहा अब्दुल रज्जाकसँग २(० पराजित भए । अनु माया राईले अइसाथ अफ्नान असिदलाई २(० ले पराजित गरेपछि नेपालले खेलमा पुनरागमन गरेको थियो । तर रशिला र अनुको जोडी फतिमाथि र अमिनाथको जोडीसँग २(० ले पराजित भएपछि नेपाल खेलमा पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्