सशस्त्रमा लामो समयको अन्तरालपछि एकैपटक बढुवा खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफमा लामो समयको अन्तरालपछि एकैपटक बढुवा खुलेको छ । यसअघिका सशस्त्र प्रमुखहरु बढुवाका लागि कुनै पहल नगरी गए पनि नयाँ प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आएपछि उनले पहिलो कदम नै लामो समय रोकिएको बढुवा प्रक्रियालाई अगाडि बढाएका छन् ।

बढुवा समितिको सचिवालयले बुधबार सुचना जारी गरी बढुवा प्रक्रिया अगाडि बढाएको हो ।

यसपटक सहायक हबल्दारदेखि नै बढुवा मागिएको हो ।  स्रोतका अनुसार कतिपय पदमा १३ वर्षदेखि बढुवा कुरेकाहरु अहिले बल्ल बढुवा प्रक्रियामा छिरेका छन् ।

सशस्त्र द्धन्द्धमा जागिर खान थालेकाहरुको समेत बल्ल अहिले बढुवा हुन लागेको हो ।

आइजीपीको फुली लगाएको आठौं दिनमै खनालले बढुवा प्रक्रिया अगाडि बढाएपछि उनको अहिले स्वागत हुन थालेको छ ।

एक सशस्त्र अधिकृतले भने, ‘कमाण्ड सम्हालेको ८ दिनमै समग्र फोर्सलाई खुशी पार्ने काम सरबाट भएको छ । यो सराहनीय छ ।

त्यसो त आइजीपी खनालले सशस्त्र मुख्यालय हलचोकमा पानीको समेत व्यवस्था गरेका छन् ।

थुप्रै चुनौतीबीच आइजीपी बनेका खनालले यसरी निरन्तर आफ्नो फोर्सलाई उत्साह थप्ने काम गरे भने उदाहरणीय बन्नेमा दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्