पूर्वलडाकु एवम् सेनाका सहायक रथी यमबहादुर अधिकारीको दावधि तीन वर्ष थप
काठमाडौं, २ असोज। माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी ९प्रतीक्षा०को पदावधि सरकारले तीन वर्ष थपिदिएको छ ।
असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो । धादिङ घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जानकारी दिए ।
‘उहाँको विशेष पद सिर्जना गरेर सहायक रथीमा पदोन्नती भएको थियो । चार वर्षे त्यो पदावधि असोज १ गते सकिने भए पनि पुनः तीन वर्ष थपिएको पत्र मन्त्रालयबाट प्राप्त भएको छ,’ सैनिक प्रवक्ता एवम् सहायक रथी भण्डारीले जानकारी ।
यसअघि सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा अधिकारीको पदावधि थपिएकोबारे जानकारी दिएकी थिइनन् ।
माओवादी लडाकुहरुको सेनामा समायोजन हुँदा अधिकारीले उपसेनानीको दर्जा पाएका थिए । माओवादी लडाकुहरुले पाएको यो सबैभन्दा उपल्लो दर्जा हो ।
नेपाली सेनामा समायोजन भएका माओवादी पूर्वलडाकुहरु । त्यसको केही समयपछि नै अधिकारी महासेनानी ९कर्णेल० बनेका थिए । २०७६ असोज १ गतेको मन्त्रिपरिषद बैठकले उनलाई सहायक रथीमा बढुवा गरेको थियो ।
त्यतिबेला नेकपा माओवादी केन्द्रसहितको सरकारको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । ओली नेतृत्वको सरकारले सैनिक नियमावली अनुसार एकपटकका लागि सहायक
रथीमा बढुवा दिन सकिने व्यवस्थामा टेकेर अधिकारीलाई विशेष पद सिर्जना गरी बढुवा गरेको थियो ।
अधिकारीको पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने भए पनि सरकारले उनको जागिर पुनः तीन वर्ष थपिदिएको छ ।
को हुन् अधिकारी रु
उत्तरी धादिङको मार्पाकमा बाबु बोरसिंह अधिकारी र आमा खड्ककुमारीको कान्छो छोरोका रुपमा २०२९ असार १ गते जन्मिएका अधिकारीले २०४६ सालमा एसएलसी पास गरेपछि क्याम्पस पढ्न काठमाडौं आएका थिए ।
सुरुमा मशालको विद्यार्थी राजनीतिमा सक्रिय उनी जनयुद्ध सुरु भएपछि माओवादी पार्टीका संलग्न भई पूर्णकालीन भएका थिए । पूर्णकालीन भएदेखि उनले जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका थिए । माओवादी लडाकुभित्र उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्र कमाण्डर भनेर चिनिन्थे ।
धादिङको कृष्णभीरमा नेपाली सेनासँगको लडाइँको नेतृत्व उनै अधिकारीले गरेका थिए । त्यतिबेला नेपाली सेनालाई एम्बुसमा पारेर ठूलो परिमाणमा हतियार कब्जा गर्न सफल भएको प्रचार माओवादीहरुले गरेका थिए ।
०६३ मंसिर ५ को शान्ति सम्झौतापछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनमा अधिकारी सहायक कमाण्डर बनेका थिए । त्यतिबेला डिभिजन कमाण्डर गणेशमान पुन थिए । पुनलाई वाईसीएल अध्यक्ष बनाएर माओवादीले काठमाडौं केन्द्रित राजनीतिमा सक्रिय बनाएपछि अधिकारी स्वतः डिभिजन कमाण्डरमा बढुवा भएका थिए । डिभिजनमा कमाण्डरहरुको कार्यक्षेत्र फेरबदल हुँदा उनले इलामको चुलाचुलीस्थित पहिलो डिभिजनको कमाण्ड सम्हालेका थिए ।
२०६३ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार ७ मुख्य र २१ सहायक शिविरमा बस्दै आएका माओवादी पूर्वलडाकुहरु ०६९ चैत ३० गतेदेखि औपचारिक रुपमा नेपाली सेनामा समायोजन भएका थिए । सेनामा समायोजन भएका १ हजार ३१३ जना माओवादी लडाकुहरुमध्येबाट उनले सबैभन्दा उपल्लो दर्जा ९उपसेनानी० पद पाएका थिए । यसैगरी बासुदेव घिमिरे र पदम तामाङले प्रमुख सेनानी र वीरेन्द्र बीएमलगायतले सेनानी पद पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्