माछापुच्छ्रे बैंकको अवितरित सेयर लिलामीमा

काठमाडौं । आइतबार देखि माछापुच्छ्रे बैंकको साधारण समूहको एक लाख ४० हजार ७४० कित्ता तथा संस्थापक समूहको २० हजार दुई कित्ता सेयर गरि जम्मा एक लाख ६० हजार ७४२ कित्ता सेयरमा लिलामी खुला गरेको छ ।
इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरीमा कात्तिक १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
शिलबन्दी बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जानेगरि अधिकतम सबै कित्ताका लागि माग पेश गर्न सक्नेछन् ।

गत साउन ५ देखि भदौ ७ गतेसम्म बैंकले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो जसमा अवितरित सेयरमा लिलामी खुला गरेको हो ।

संस्थापक समूहको लागि बोलपत्र कात्तिक १४ गते दिउँसो ३ बजे र साधारण समूहको लागि सोही दिन ३ः३० बजे एनएमबि क्यापिटल लि. नागपोखरीमा खुला गरिने जनाईएको छ ।
गत आःवमा १ अर्ब ३० करोड १० लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्